प्रधानमन्त्रीले बोलाए सत्ताधारी दलको बैठक

लोकपथ
1.4k
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज (बुधबार) बिहान ११ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सत्ता गठबन्धनमा रहेका प्रमुख नेताहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?