वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड

लोकपथ
140
Shares

भजनी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् ।  

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेस जागरण हुलाकी मार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका वडा नं.९ झुँगामा आज आयोजित खबरदारीसभामा उनले जनताको ठुलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुन नसक्ने बताए  । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकताअनुसार संशोधन पनि गर्नुपर्ने बताए । देश विकासको जनचाहना पूरा गर्न  सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । साथै उनले जनभावना अनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?