सरकारले बाटो बिरायो, नतिजा सडकमा छ : कार्यवाहक सभापति अर्याल

लोकपथ
49
Shares

काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्य बिर्सिएको आरोप लगाएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् । 

उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री (रघुजी पन्त) आएको र शिक्षकहरूको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताए । 

उनले शिक्षकहरूले यति लामो दिनसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताए ।  शिक्षकहरू यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गरे । यो सरकारले बाटो बिराएको नतिजा भएको उनको भनाइ छ ।   

उनले शिक्षा ऐनमा आफ्नो पार्टीको तर्फबाट सांसदहरूले १ सय ३१ वटा संशोधन हालेको जानकारी गराए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?