चित्रबहादुर केसीको प्रश्न : ‘आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?’

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरूको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन्  ।

उनले सत्तामा गएकाहरूले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाथि खतरा बढेको बताए ।

उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरू मिलेर गर्नुपर्ने बताए  । सत्तामा बसेकाहरू नै भ्रष्टाचारमा लिप्त र व्यवस्था विरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ ।

उनले अहिले पनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताए ।  उनले त्यही हो तपाईँहरूले संघीयता ल्याएर स्विट्जल्याण्ड बनाएको नेपाल ? भन्दै प्रश्न समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?