सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि आए : परराष्ट्रमन्त्री राणा

लोकपथ
210
Shares
फाइल तस्बिर

काठमाडौं । पराराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताएकी छन् । 

थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१औँ सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताएकी हुन् । 

उनले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइन् । 

भूपरिवेष्टित तथा ९२ साना राष्ट्रहरू सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरू हासिलका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको बताइन् । उनले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलफल  भएको बताइन् । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरू विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उनको भनाइ छ । 

पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताइन् ।  सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?