राप्रपाले बोलाएको कार्यसम्पादन समितिको बैठक आज बस्दै

लोकपथ
77
Shares

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने बताइएको छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुने साथै गत चैत्र १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताकार्यकर्ताबारे पनि छलफल हुने बताइएको छ ।

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरु निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ ।

सोही विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?