चार निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचीसहित) 

लोकपथ
553
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । बिहीबार कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो ।

कार्यालयले विभिन्न निर्माण कार्यमा संलग्न रहेका निम्न व्यवसायीहरूलाई एक वर्षदेखि एक वर्ष छ महिनासम्मका लागि कालोसूचीमा राखेको हो।

सूचीकृत निर्माण व्यवसायीहरूले अब सार्वजनिक निकायसँग कुनै पनि खरिद कारोबारमा भाग लिन नपाउने भएका छन्। कालोसूचीमा परेका व्यवसायीहरू र समयावधि यस्तो छ:

१. Build Brothers Construction Pvt. Ltd. – नागार्जुन नगरपालिकाको लागि कार्यरत यो कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।
२. M.S. Constructions – कैलाश गाउँपालिकाको कार्यमा संलग्न कम्पनीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
३. Rana Furnitures & Industries – नेपाल वन निगम लिमिटेडसँगको कार्यमा संलग्न कम्पनीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
४. Gaurav Construction – वनमाइ गाउँपालिकाको कार्यमा संलग्न कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?