काठमाडौं । विपक्षी दल नेकपा एकीकृत समाजवादीले पूर्वनिर्धारित कार्यतालिका संशोधन गरी चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
महासचिव घनश्याम भुसालले आज पार्टीका विभिन्न कमिटीलाई परिपत्र गर्र्दैै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
गत चैत १ गते नै पत्रकार सम्मेलन गरेर कार्यक्रमहरु तय गरिए पनि केही प्राविधिक समस्याका कारणले पुनः तालिका संशोधन गरेर अघि बढ्ने घोषणा गरेको बताए ।
यसबिचमा केही कार्यक्रमहरु भइसकेको बताउँदै आगामी ०८२ साल वैशाख १० गते संघीय सरकारलाई मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लामा मागपत्र बुझाउने लगायतका कार्यक्रमहरु रहेको छ ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को मुल नारासहित कार्यक्रम सुरु गरि चैत १५ गते समाजवादी मोर्चाले कार्यक्रम गरेको तर सोही दिन राजावादीहरुले आफ्नो पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै कार्यक्रमलाई थप संशोधन गरिएको जनाएको छ ।
परिपत्रमा सम्बन्धित कमिटीले आगामी वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडामा मागपत्र बुझाउने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम घोषणा गरिने जनाइएको छ ।
प्रदेश, जिल्ला र पालिका तथा वडास्तरमा पेस गरिने मागपत्रमा सम्बन्धित प्रदेश, जिल्ला, पालिका तथा वडाको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि आवश्यक पर्ने मागहरु उल्लेख गर्नुपर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया