नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नुवाकोटको बेलकोटगढी नगरपालिका–१० मा नयाँ जमराघर निर्माणका लागि शिलान्यास गरेका छन् ।
शनिबार एक विशेष कार्यक्रम गरी मुख्यमन्त्री लामाले निर्माणका लागि आर्थिक सहयोगको बचनसहित शिलान्यास गरेका हुन् ।
पृथ्वीनारायण शाहको पालाबाट साविकको बेलकोट गाविस (हाल बेलकोटगढी नगरपालिका–१०) मा दशैँमा सामूहिक रुपमा जमरा राख्न सुरु गरिएको किंवदन्ती रहेको छ ।
परापूर्व कालदेखि नै सामूहिक रुपमा जमरा राखिँदै आइएकोमा अहिले ३०० घरधुरीले सामूहिक रुपमा जमरा राख्दै आइरहेको वडाध्यक्ष प्रल्लादप्रसाद थपलियताले जानकारी दिए ।
कुल ६७ लाखको लागतमा निर्माण हुन लागेको उक्त नयाँ जमराघर संघीय सरकारको ९ लाख सशर्त अनुदानमा सुरु गरिएको उनले बताए । उनका अनुसार विभिन्न निकायबाट सहयोगको घोषणा भएको छ । जसमा त्रिशुलीमा रहेको आर्मी तारागणले १० लााख दिने घोषणा गरेको छ । त्यस्तै शिलान्यासपछि बोल्दै मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारका तर्फबाट २० लाख बजेट यसै आर्थिक वर्षमा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पृथ्वीनारायण शाहले नै निर्माण गरेको बेलकोटगढी हाल त्यहीँ रहेको छ । साथै सोही स्थानको नामबाटै स्थानीय तहको नाम नै बेलकोटगढी नगरपालिका रहन गएको छ ।
शनिबार नै निरन्जनामा नवनिर्मित मन्दिरमा नयाँ मुर्ति समेत स्थानान्तरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया