काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्रबाट संविधान मिच्ने काम भइरहेको आरोप लगाएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजाको गतिविधिले संविधान मिच्ने काम भइरहेको भन्दै कानुनी दायरामा ल्याउनुपर्ने जिकिर गरे ।
‘पछिल्ला केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधान विपरितका कार्यहरु भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गानहरु गाउने, मुलुकको राष्ट्रियगानको अवमूल्यन गर्ने अपमान गर्ने लगायतका गतिविधिहरु संविधानविपरित क्रियाकलापहरु भइरहेका छन् । यी सबै कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र शाह स्वयमले उक्साइरहेका छन् । स्वयम आफ्नो उपस्थितिमा यी कामहरु भइरहेका छन् । यतिमात्र होइन बढो बिडम्बनायुक्त, भारतको उत्तरप्रदेशका मुख्यमन्त्रीको फोटासहित व्यानर पोस्टरहरु प्रचार भइरहेको छ । यो हाम्रो राष्ट्रहित प्रतिकुलको कार्य हो, यस अनुसारको व्यवहार हो, यस्ता कार्यहरु राष्ट्रहीत प्रतिकुलको कार्य हो । त्यस अनुसारको व्यवहार हो । यस्ता कार्यहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ,’ उनले भने ।
त्यस्तै लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशतन्त्र हुन नसक्ने भन्दै सरकारले यस्ता विषयलाई नोटिसमा राखेर काम गर्नुपर्ने समेत बताए ।
जनताले संग्राहलयमा थन्काएको राजतन्त्रलाई पुनः फर्काउन चेष्टा नगर्न समेत चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया