काठमाडौं । स्थानीय बजार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ आज चाँदी १५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया