‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

लोकपथ
147
Shares

ललितपुर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्न आवश्यक  रहेको बताएका छन् ।  

 राष्ट्रियसभाका सांसदसमेत रहेका सिटौलाले संविधान संशोधनको बहस चर्चामा आइरहँदा संशोधन अघि समीक्षा आवश्यक पर्ने धारणा राखे ।

उनले सबै राजनीतिक दलको सहमति र समन्वयमा समीक्षा गरी सोका आधारमा राज्य सञ्चालन प्रणालीमा देखिएका कमीकमजोरी सच्याउन सकिने बताए। साथै जहाँ संविधानले जनताको हितमा काम गर्न बाधा गरेको छ, त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?