फिफा वरीयतामा चार स्थान उक्लियो नेपाली महिला टिम

लोकपथ
3.6k
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिम चार स्थान माथि उक्लिएको छ ।
नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा रहेकोमा ९९ औँ स्थानमा उक्लेको हो ।

फिफाले आज शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ । नेपाली महिला टिमले हालै सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो ।

फिफा फेब्रुअरी विन्डोको यही प्रदर्शनका कारण नेपाली टिम चार स्थान माथि उक्लिएको हो । वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भारत छ । भारत वरीयताको ६९औँ स्थानमा यथावत् छ ।

यस्तै, तेस्रो स्थानको बंगलादेश १३३औँ स्थानमा छ । चौथोमा रहेको पाकिस्तान १५७औँ, पाँचौँ स्थानको श्रीलंका १५८औँ, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र सातौँ स्थानको भुटान १७१औँ वरीयता क्रममा छन् । वरीयताको शीर्ष स्थानमा भने अमेरिका यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?