काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले पाथीभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न समेत गरे ।
केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उनको भनाइ छ । उनले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध समेत गरे ।
उनले सरकारले गर्न नसकेका कार्यहरू निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा अझै बढी लगानीको आवश्यकता रहेको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताए ।
उनले विकास निर्माणको काममा निजी क्षेत्र र सरकारको सहकार्य र एकता जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया