काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी जागरण अभियान महोत्तरीमा चलिरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरु जागरण अभियानका लागि पुगेका छन् ।
सो क्रममा प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको महोत्तरीको एकडारा गाउँपालिकाको पुर्ख्यौली घरमा पुगेका छन् ।
बालेनको परिवार नै लामो समयदेखि काठमाडौंमा बस्दै आएका कारण सो घरलाई गाउँपालिकाले भाडामा लिएर प्रयोग गर्दै आइरहेको छ ।
गाउँपालिकाले नै प्रचण्डसहित शीर्ष नेताहरुलाई स्वागत गरेर कार्यक्रम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया