राष्ट्रिय सभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस हुने

लोकपथ
511
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत् आज (बिहीबार) राष्ट्रिय सभाको बैठक बस्दैछ। आज दिउँसो सवा एक बजे बस्ने बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?