प्रभु शाहले आफ्नो मर्यादा भुलेर प्रधानमन्त्रीलाई प्रश्न गरे : महेश बर्तौला

लोकपथ
1.8k
Shares

काठमाडौं । महेश बर्तौलाले आजको प्रतिनिधि सभा बैठकमा प्रभु शाहले आफ्नो मर्यादा नाघेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शाहले आफ्नो मर्यादा नाघेर प्रश्न गरेको आरोप लगाएका हुन् ।

‘सरकारका प्रधानमन्त्रीलाई सिधा तँ तँ र मँ मँ जस्तो आशयका प्रस्तुती त्यो शोभनीय हुन्छ ?,’ उनले भने आज मान्य प्रभु शाहजीको प्रश्न गर्ने कुरा उहाँको अधिकार होला तर अधिकार प्रयोग गर्दा नियमावलीमा के छ भन्ने कुरा म स्मरण गराउँन चाहान्छु ।’

आजको बैठकमा शाहले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विभिन्न गम्भीर प्रश्न उठाएका थिए । प्रतिनिधि सभा नियमावली अनुसार भएको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असान्दर्भिक प्रश्न सोधिएको भन्दै संसद्मै कटाक्ष गरेका थिए ।

यो पनि…
प्रधानमन्त्रीलाई प्रभु शाहका ८ कठिन प्रश्न : संसद्मै झपारे, दिएनन् उत्तर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?