ज्ञानेन्द्र शाहीलाई कांग्रेस सांसदको आग्रह : ‘थुतुनो कम चलाउनुस्’

लोकपथ
5.2k
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद नारायणदत्त मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएका छन् ।

आइतबारको सभाको बैठकमा बोल्दै प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखेको बताएका हुन् ।

उनले वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा धेरै भएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘म खेद प्रकट गर्दछु । प्रतिनिधि सभामा भन्न नसकेर एक जना सांसदले फेसबुकमा नै ओकलेछन् । राष्ट्रिय सभा वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? वृद्धाश्रममा जानुपर्ने बाजेहरु राष्ट्रिय सभामा भत्ता खान गएकाले मिडिया काउन्सिल विधेयक नपढिकनै पास गरेका छन् भनि तथानाम सरापेका छन् । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा विभिन्न कोणबाट छलफल भएको छ । यहाँ कुरा विधेयकमा ल्याएर तथानाम भनेपनि प्रदेश सरकार र स्थानीय सरकारमा आफ्नो पार्टीको कमजोर उपस्थिति भएका कारण राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व हुन नसकेको कुण्ठा पोखिएको स्पष्ट हुन्छ । किनभने वृद्धहरु राष्ट्रिय सभामा भन्दा प्रतिनिधि सभामा ज्यादा उमेरका छन् । सांसदज्यु बाच्यो भने तपाईंहरु पनि बुढो हुनेकुरा निश्चित छ । बुढो हुनुमा हामीलाई गर्व छ, किनभने हामी बाँचेका छौँ । अनुरोध छ, मुखारबिन्दबाट बोलौँ, थुतुनो कम चलाऔँ । सत्यं ब्रुयात, पियं ब्रुयात न ब्रियात सत्यमा प्रियं ।’

उनले वृद्ध हुनुमा आफूहरुलाई गर्व रहेको बताए ।

यसअघि बसेको बैठकमा राप्रपाका प्रमुख सचेतक शाहीले राष्ट्रिय सभा वृद्धाश्रम जस्तो भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?