काठमाडौं । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
स्थानीय बजारमा प्रतितोला सुनको मूल्य दुई हजार तीन सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला रु ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया