ओली अमेरिकाबाट फर्किए लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक

लोकपथ
231
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणबाट फर्किएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।

आजको बैठकमा विपद्को उद्धार तथा रातहको विषयमा छलफल हुनेछ । त्यस्तै अमेरिका भ्रमणका क्रममा भएका उपलब्धीबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सदस्यहरुलाई जानकारी गराउने लगायत प्राकृतिक विपत्तिको असरबारे थप कदम चाल्ने विषयमा छलफल हुनेछ ।

गत असोज ४ गते प्रतिनिधिमण्डलको टोलीसहित अमेरिका प्रस्थान गरेका थिए । संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर ओली आज स्वदेश फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?