काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले महिला र पुरुषकाबीच अहिलेको समानता कायम हुन नसकेको बताएका छन् ।
आइतबार महिला सुरक्षाका चुनौती र समाधान विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले संविधानले पनि महिला पुरुष बराबर हुन भनेर भनिरहँदा व्यवहारमा लागु हुन नसकेको बताएका हुन् ।
उनले भने, ‘महिला विभेद सम्बन्धी समस्या, महिला हिंसा सम्बन्धी समस्याको बारेमा मुलत सबै राजनीतिक दलहरूको बीचमा सहमति देखिन्छ । संविधानले पनि महिला विभेदका क्रियाकलापहरूलाई मनन गर्नुपर्छ र स्वीकार गर्नुपर्छ भनेर संवैधानिक व्यवस्था साथै कानुनी व्यवस्थाको पनि सुरुवात गरेको छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा पनि महिला विभेदलाई अन्त्य गर्नुपर्छ भनेर प्रतिबद्धताहरू जाहेर गरेको देखिन्छ । तर अहिलेसम्म महिला सम्बन्धी विभेदहरू अपेक्षित रूपमा समाधान हुन सकेका छैनन् । जति महिला र पुरुषकाबीचमा समानता पैदा हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन । व्यवहारमा रूपान्तरण हुन सकेको छैन ।’
साथै उनले महिला विभेद अन्त्य गर्नकै लागि खडा भएका समस्याहरूलाई खोजेर समाधान गर्नुपर्ने बताए । उनले महिला विभेदका थुप्रै रूपहरूमध्ये महिला हिंसा सबैभन्दा बढी भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया