‘झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा आएको होइन’

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतालाई महसुस हुनेगरि राहत दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले आफूलाई निर्वाचित गरेकै कारण उपप्रधानमन्त्री हुने अवसर पाएको खुसी पनि साटे । उनले क्षेत्र बासी सबैलाई बधाई दिए । 

झन्डा फरफराएर आनन्द लिनका लागि राजनीतिमा लागेको होइन । देशको अवस्थालाई बुझेर सुधार गर्नका लागि राजनीतिमा आएका हौँ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘आम नेपालीको अपेक्षालाई मूर्त रूप दिन वर्तमान सरकार बनेको हो । सरकारले अर्थतन्त्र सुधारका लागि काम गरिरहेको छ ।’

उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन, सामाजिक रूपमा हुनुपर्ने काममा रहेका बाधा अड्चन हटाउन र देशमा सुशासन कायम गर्न सरकार लागिपरेको बताए । उपप्रधानमन्त्री सिंहले काठमाडौंको क्षेत्र नम्बर १ को विकास निर्माणका काममा समेत प्रभावकारिताका साथ अघि बढाउने  प्रतिबद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?