काठमाडौं । अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल आएका छन् ।
शुक्रबार बिहान उपविदेशमन्त्री नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
रिचार्ड व्यवस्थापन तथा स्रोतसम्बन्धी विज्ञ मानिन्छन् ।
आफ्नो नेपाल भ्रमणको क्रममा उप–विदेशमन्त्री वर्माले प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरु, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया