ओली मन्त्रिमण्डलमा थपिए तीन राज्यमन्त्री

लोकपथ
504
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा ३ राज्यमन्त्री थपिएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ३ राज्यमन्त्री नियुक्त गरेका हुन् ।

जसमा अरुणकुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, रुपा विक वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङ उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका हुन् ।

गत असार ३० गते प्रधानमन्त्री भएका ओलीले ३१ गते २१ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?