काठमाडौं । सर्वोच्च अदालत भित्रै पैसा लिएर कोचिङ क्लास सञ्चालन गरिएकोप्रति चौतर्फी आलोचना भइरहेको छ ।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सर्वोच्च अदालतको एनेक्स भवनमा नेपाल न्याय सेवाको उपसचिव पदको कक्षा सञ्चालन गरेको हो ।
साउन १५ गतेबाट कक्षा सञ्चालन गरेपछि माओवादी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनले आज उक्त भवनमा ताला लगाएको हो ।
संगठनका अध्यक्ष हरि भट्टराईले यसअघि सोमबार उक्त कार्य रोक्नका लागि सर्वोच्चमा मुख्य रजिस्टारलाई आग्रह गरेका थिए । तर आज पनि निर्वाध रुपमा कक्षा सञ्चालन भएपछि उक्त भवनमा तालाबन्दी गर्न बाध्य भएको जनाएका छन् ।
‘…आज पनि कक्षा सञ्चालन भएको देखिएकाले सो सम्बन्धमा सर्वोच्च अदालत प्रशासनबाट कुनैपनि सुनुवाइ नभएको हुँदा सार्वजनिक सम्पत्तिलाई दुरुपयोग हुन नदिन आजैदेखि हामी नेपाल राष्ट्रिय कर्मचारी संगठन विभागीय समिति, सर्वोच्च अदालतले उक्त हलमा तालाबन्दी गर्ने निर्णय गरिएको कुरा जानकारीका लागि अनुरोध गर्दै सो कार्यबाट उत्पन्न हुने परिस्थितिप्रति सर्वोचच अदालत प्रशासन स्वयम जिम्मेवार र जवाफदेही हुने व्यहोरा समेत अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
एमाले निकट कर्मचारी संगठनले प्रतिव्यक्ति १३ हजार ५० सय रुपैयाँ लिएर उपसचिवको कक्षा सञ्चालन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया