काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असार १७ गते मध्यराति भएको ७ बुँदे राजनीतिक सहमति सार्वजनिक गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेकी हुन् ।
यी हुन् कांग्रेस र एमालेबीचको सहमति :
१. आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरि मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराइ संविधानको धारा ७६ (२) अनुसार राष्ट्रिय सहमतीको सरकार निर्माण गर्ने ।
२. राष्ट्रिय सहमतीको सरकारले संविधान प्रारम्भ भए पश्चात अभ्यासमा देखा परेका सवल पक्ष र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।
३. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायीक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने । आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र प्रयाप्त मर्यादित रोजगारी सिर्जना गर्ने ।
४. राष्ट्रिय सहमतीको सरकारको नेतृत्व सरकार गठन भएको मितिले २ वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने त्यसपछि २०८४ मंसिरसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।
५.राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माणको अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
६. राष्ट्रिय सहमतीको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागीता रहने र अन्य राजनैतिक दललाई समेत सरकारमा समावेश गर्ने ।
७. राष्ट्रिय सहमतीको सरकारको मर्म र भावना अनुरुप प्रदे्श सरकारको गठन र सञ्चालन गर्ने । र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तिव्रता दिने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया