नेकपा सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्यविभाजन गरिने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो १२ बजे बस्ने कार्यतालिका रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

उनले केन्द्रीय सदस्यको कार्यविभाजन प्रस्ताव आइसकेकाले अब आजको बैठकले टुंगो लगाउने बताए । पछिल्लो समय नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डबीच दूरी बढ्दै गएको छ । 

प्रचण्डले ओली भारत भ्रमणमा गएको बेला एकताताका सरकार आधा–आधा चलाउने सहमति भएको खुलासा गरेपछि दुई अध्यक्षबीच दूरी बढेको थियो । अध्यक्षबीचको मनमुटावका विषयमा भने बैठकमा छलफल नभएको सचिवालय स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?