शीर्ष नेताहरुसँग छलफल गर्न सभामुखले बोलाएको बैठक सर्यो

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ४ राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाटको समय सरेको छ ।


बिहान साढे १० बजेका लागि बोलाइएको बैठक २ बजेसम्मका लागि सरेको छ ।


मुख्यतः नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आइरहेको छ । यसअघिको बैठकमा अन्तिम अल्टिमेटम दिएको कांग्रेसले मंगलबार बस्ने बैठकमा थप विरोध गर्ने जनाउ दिएपछि सभामुख घिमिरेले त्यसबारेमा छलफल गर्न चाहेका हुन् ।


बिहान १०ः३० बजेका लागि बैठक बोलाइए पनि व्यस्तताको कारण देखाउँदै बैठक सारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?