५ वर्षसम्म मर्मतको जिम्मा ठेकेदारलाई नै

निर्माण कम्पनीलाई विकास आयोजना गुणस्तरीय बनाउन र निर्माणमा जिम्मेवार बनाउन  योजना सम्पन्न भएको पाँच वर्षसम्म मर्मत सम्भारको जिम्मा दिइने व्यवस्था पुनः सुरु गरिने भएको छ ।  
 बजेटमा दुई छिमेकी मुलुकसँगको व्यापार सहजीकरण, लगानी प्रवद्र्धन र पर्यटन विकास गर्ने घोषणा गरेको छ । त्यसका लागि हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने सडक निर्माण गरिनेछ ।

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न आगामी वर्ष बुटवल नारायणगढ खण्ड र कमला कञ्चनपुर खण्ड निर्माणलाई तीव्रता दिइनेछ । यसका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको छ । देशका ७७ जिल्लामध्ये ७५ जिल्ला सदरमुकाममा सडक पहुँच पुगिसकेको छ । पहुँच पुग्न बाँकी डोल्पामा यसै आवमा र हुम्ला सदरमुकाममा आगामी आवभित्र सडक पु–याइनेछ ।

आगामी आवमा नागढुंगा नौबिसे सडक निर्माण थालिने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?