काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले पूर्व मन्त्रीको हैसियतमा पाउने प्रहरी सुरक्षा नलिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका उनले सो घोषणा गरेका हुन् ।
उनी यसअघि संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका थिए ।
उनले सामाजिक सञ्जालमा सो घोषणा गर्दै आफूलाई सुरक्षा चुनौती नभएको र सानै भए पनि राज्यलाई योगदान होस् भनेर सो निर्णय गरेको जानकारी दिए ।
‘पुर्व मन्त्रीहरुले सुबिधा स्वरुप प्राप्त गर्ने प्रहरी सुरक्षा नलिएको जानकारी गर्छु । कारण(आफुलाई सुरक्षा चुनौतीको अनुभुती नभएको र सानै भए पनि राज्यलाई योगदान होस् भनेर । धन्यवाद !’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया