घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले १० हजार घुससहित सशस्त्र प्रहरीको एक जनालाई पक्राउ गरेको छ ।
                                                  
पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल  औद्योगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी रहेका छन् ।
उनले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने धम्की दिँदै घुस मागेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
सोही आधारमा  टोलीले सेवाग्राहीसँग  घुसबापतको रकम लिइसकेको अवस्थामा बुटवल उपमहानगरपालिका ७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट पक्राउ गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?