काठमाडौं । पर्वतमा पाइप बम विस्फोट भएको छ । बम विस्फोटबाट २ जना घाइते भएका छन् भने घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ ।
आइतवार साँझ जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा बनाउँदै गरेको पाइप बम विस्फोट भएको हो ।
विस्फोटबाट २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् भने घर्तीको अवस्था गम्भीर छ ।
पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा विस्फोट भएको जानकारी दिए ।
गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको छ भने रानाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया