सप्तरी गाउँपालिका अध्यक्षको घरमा बम विस्फोट

सप्तरी । सप्तरी वलान विहुल गाउँपालिकाका अध्यक्षको घरमा बम विस्फोट भएको छ । 

शुक्रवार राति गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो । 

बम विस्फोटबाट अध्यक्षका ६२ वर्षीय काका श्यामानन्द गोईत घाइते भएका छन् । उनको शरीरमा  बम छर्रा लागेर घाइते सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी बम विस्फोटबाट घरका सम्पूर्ण सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले बम विस्फोटको जिम्मेवारी लिएको छ ।

गाउँपालिका अध्यक्ष गोइत भ्रष्टाचारमा डुबेकाले उनको घरमा विस्फोटन गराइएको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)द्वारा  विज्ञप्तीमा उल्लेख छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?