वीरगञ्ज । प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेकोमा आफूलाई लाज लागेको बताएका छन् ।
वीरगञ्जमा आयोजित खुल्ला दिसामुक्त अभियानसम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
उनले स्थानीय तह खुला दिसामुक्त नहुँदा त्यहाँका जनप्रतिनिधिलाई पनि लाज लाग्नुपर्ने समेत बताए ।
‘दाइजोमा मोटरसाइकल गाडी, सुनचाँदी गरगहना चाहिन्छ भनेर माग गर्छन्’ उनले भने, ‘तर त्यो बुहारी घरमा आएपछि साँझ बिहान दिसा पिसाब गर्न कहाँ जान्छन् भन्ने चिन्ता छैन । पैसा नभएर होइन दिमागमा चर्पी नभएर हो ।’
‘घरमा ट्याक्टर राखेको छ, ठूला–ठूलामात्र गर्न जानेका छ । तर, चर्पी बनाएर दिसा गर्न जानेको छैन’ उनले आक्रोश हुँदै भने ।
प्रदेश नं २ को ८ जिल्ला मध्ये ५ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया