राजविराज । काठमाडौंको भोटाहिटीस्थित चीनले पुनः निर्माण गरिरहेको दरवार स्कुल निर्माण स्थलमा चीनको झण्डा गाडिएको छ ।
निर्माण स्थलमा गाडिएको चीनको झण्डा देखेर स्थानीयहरु विरोध गरेका छन् । राष्ट्रियको हित विपरित निर्माण स्थलमा गाडिएको झण्डालाई हटाउन स्थानीयहरुले प्रशासनसँग माग समेत गरेको छ ।
निर्माण स्थलमा पुगेको एक स्थानीयले भने, संसारमा कही नभएका कानून हाम्रो देशमा देखिरहेको छु । चीनले निर्माण स्थलमा गाडिएको झण्डाको बारेमा राष्ट्रले बोल्न नसक्नु दुःखद कुरा हो ।
चीनले नेपालमा निर्माण गरिरहेको निर्माण स्थलहरु कब्जा गर्ने दृष्टिकोणले यस्तो झण्डा राखेको हुन सक्ने एक स्थानीयले बताए ।

यस्तै काठमाडौंको बानेश्वर स्थित चीनले निर्माण गरेको आकाशे पुलमा पनि नियमित बिपरित नेपाल चनीको सहयोग लेख्नुपर्ने ठाउँमा चीन नेपालको सहयोग लेखेको पाइएको छ ।
चीनले आफ्नो प्रभाव बढाउन रणनीति ढंगले निर्माण स्थलहरुमा एकलौटी ढंगबाट चिनियाँ झण्डा फहराइरहेको छ ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड १६ छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया