डडेल्धुराको विद्यालयमा मगर मृत फेला

डडेल्धुरा । डडेल्धुराको भुवनेश्वरी नमूना माध्यमिक विद्यालयमा एक व्यक्ति मृत फेला परेका छन् । 

बुधवार परशुराम नगरापलिका ५ स्थित विद्यालयको दोस्रो तलामा ३५ वर्षीया रनबहादुर दर्लामी मगर मृत अवस्थामा भेटिएका हुन् । 

मृतक मगर कैलाली चुरे गाउँपालिका–४, बण्डका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय, जोगबुडाका प्रमुख प्रहरी निरिक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

मगर केही समयदेखि सोही विद्यालयमा मजदुरी गर्दै आइरहेका थिए । 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिएको प्रमुख प्रहरी निरिक्षक पाण्डेय जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?