काठमाडौं– राष्ट्रपति भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल हुने भएको छ ।
सभामुख कृष्णबहादुर महराले यही वैशाख २२, २३ र २४ गते छलफल हुने जानकारी दिए ।
छलफलपछि प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्रस्ताव गरेको धन्यवाद प्रस्तावको टुङ्गो लाग्नेछ ।
यस्तै बैठकले ‘राहदानी विधेयक, २०७५’ लाई समेत पारित गरेको छ । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३१ को खण्ड क बमोजिम उक्त विधेयक प्रस्तुत भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया