काठमाडौं– शुक्रबार साँझ ललितपुरको सानेपामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । युवतीको विषयमा विवाद भइ ग्याङ फाइट भएको हो ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयागपोखरी बस्ने २० वर्षीय अन्सल शाक्य रहेको प्रहरीले जनाएको छ । उनको विपक्षी समूहको चक्कु प्रहारबाट मृत्यु भएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमोरियाले शाक्यको उपचारको क्रममा सुमेरु सिटी अस्पतालमा मृत्यु भएको पुष्टि गरे ।
शुक्रबार साँझ भएको घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया