गौर । रौतहटमा एक किलो सुनसहित एक युवन पक्राउ परेका छन् ।
शुक्रवार बिहान ५ः३० बजे रौतटहको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साह पक्राउ परेका हुन् । लु ४ प ५८०३ नम्बरको
मोटरसाइकलमा रहेका उनलाई प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन भेटेको हो ।
सुनचाँदी व्यवसायी संघ गरुडाले साहबाट बरामद गरिएको पहेलो धातु सुन भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।
साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाउने प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया