नवलपरासी । वर्षासँगै आएको हावाहरीले नवलपुरको जनजीवन प्रभावित भएको छ ।
कावासोतीलगायत जिल्लाका अधिकांश स्थानमा आज (शुक्रवार) बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हावाहुरीको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरुले आग्रह गरेका छन् ।
हावाहुरीसँगै आएको वर्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएको जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले जानकारी दिए ।
प्रचलित कानून अनुसार बिदा दिन नमिल्ने भए पनि हावाहुरी र वर्षाका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको उनले बताए ।
हावाहुरी र वर्षापछि जिल्लाका अधिकांश विद्यालयले सूचना जारी गरेर विद्यालय नआउन उर्दी जारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया