बंगालको समुद्री आँधी ‘फानी’को प्रभाव नेपालमा, काठमाडौंसहित देशभर हावाहुरी र वर्षा

काठमाडौं । समुद्री आँधी ‘फानी’को असर नेपालसम्म आउने सम्भावना नभए पनि त्यसको प्रभाव भने पर्ने जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ । 

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रवार मध्याह्न ओसियाको तटीय क्षेत्रमा भित्रिने छ । त्यसको प्रभाव नेपालमा पर्ने मौसमविद्को भनाइ छ । 

समुद्री आँधी ‘फानी’को प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपाल आउने सम्भावना भने कम रहेको मौसमविद् बताउछन् । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै ‘चक्रवात नेपाल तर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार)मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ लेखेको छ ।

महाशाखाका अनुसार फानीको प्रभाव हिमाली क्षेत्रमा पनि देखिने भएको छ । यसले गर्दा हिमाली क्षेत्रमा मध्यमदेखि भारीइ हिमपात हुने सम्भावना रहेको छ भन देशको पश्चिम क्षेत्रका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?