काठमाडौंको गौशालामा झुण्डिएको अवस्थामा पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको गौशाला नजिकै पिपलको रुपमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको छ । 

उक्त शव खोटाङ घर भइ हाल काठमाडौं महानगरपालिका ६ बौद्ध बस्दै आएका वर्ष ३५ का आङ दावा शेर्पा रहेको प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए । 

बिहीवार बिहान करिब ७ बजे पिपलको रुखमा शव झुण्डिएको अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई घटनाबारे खबर गरेका थिए । 

यो हत्या वा  आत्महत्या के हो भन्ने स्पष्ट नभएको डिएसपी मल्लले बताए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत गौशालाले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?