सांसद विकास कोषको रकम १० करोड पुर्‍याउने खेल

काठमाडौं।  सांसद विकास कोषको रकम ४ करोडबाट बढाएर १० करोड पु¥याउन सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । नीति नियम बनाउने प्रमुख दायित्व भएका सांसदहरूद्वारा नै आफ्नै तजबिजमा खर्च गर्ने हालको ४ करोड रुपैयाँ बजेटसमेत अत्यधिक दुरुपयोग भएको भन्दै व्यापक आलोचना भइरहेका बेला अहिले सो रकम बढाएर १० करोड पु¥याउन हस्ताक्षर सुरु भएको हो ।
संघीय संसद्को तेस्रो अधिवेशन सकिएपछि सांसदहरू आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट योजना तथा कार्यक्रमबारे बुझ्न आआफ्ना निर्वाचन क्षेत्र पुगेका थिए । बजेट अधिवेशनको तयारीसँगै सांसदहरू अहिले नयाँ बजेटमा आफ्ना योजना तथा कार्यक्रम पार्न अर्थ मन्त्रालयदेखि अन्य विभिन्न मन्त्रालय धाइरहेका छन् । सरकार अहिले आगामी आवको बजेट निर्माणको तयारीमा जुटेको छ । राजधानी दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?