वैशाख १८ गते दिनभरका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

 

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७६  साल वैशाख १८ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

 

1. राज्यकोषबाट मासिक ९४ हजार २ सय ८० रुपैयाँ बुझ्दै  प्रधानमन्त्री:  अर्थ मन्त्रालयले प्रधानमन्त्री, मन्त्रीदेखि राज्यमन्त्रीसम्मको तलब भत्तासम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ ।  यो नयाँ व्यस्थासँगै प्रधानमन्त्रीले मासिक ९४ हजार २ सय ८० रुपैयाँ पाउँने छन् । 

 

2. सरकारलाई कर नतिर्नेको सूची सार्वजनिक, यी हुन्  :   सरकारलाई कर नतिर्नेको सूचीन साना ठेकेदार, पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनि परेको छ ।मंगलवार आन्तरिक राजश्व कार्यालय बानेश्वरले २५ भन्दाबढी कन्सट्रक्सन कम्पनीलाई कर बक्यौता तिर्न आउन पत्राचार गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

 

3. मजदुर दिवसको कार्यक्रममा महतोलाई ओली प्रश्न :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी राजपाले सरकारले राम्रो का मगर्न थालेपछि समर्थन फिर्ता लिएको बताएका छन् । बुधवार मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

 

4. भृकुटीमण्डपको भाडा नतिर्नेमा कांग्रेस अग्रस्थानमा, नेकपा दोस्रो : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भृकुटीमण्डप परिसर प्रयोग गरेको भाडा तिरेका छैन । 

5. उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ग्रीन हाउसमा :  उपराष्ट्रपति कार्यालयको भवन कान्तिपथबाट सरेको छ । उपराष्ट्रपति कार्यालय लैनचौरस्थित समाज कल्याण परिषद्को भवनमा सरेको हो । आज बुधवारदेखि उपराष्ट्रपति कार्यालय लैनचौरस्थित समाज कल्यणको भवनमा सरेको हो । 

 

6. नेपाली कागजदेखि इन्डक्सन चुल्होसम्म नौ नयाँ सामग्रीको गुणस्तर निर्धारण  :  नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००  औं बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो ।

7. मजदूरकै बलमा राणा र पञ्चायतकालको अन्त्य  : गच्छदार  : नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएको बताएका छन् ।  

 

8. एन्फा एकेडेमीका लागि ८१ खेलाडी छानिए  :  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।

 

9. पर्यटकका लागि विद्युतीय बस सञ्चालन गर्न साझाको १ करोडको शेयर खरिद  :  ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो ।कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ ।

 

10. कर बढेसँगै एनसेलको नाफामा भारी गिरावट   : एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँभन्दा बढीले घटेको छ। सन् २०१७ मा १८ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको एनसेलले सन् २०१८ मा १५ अर्ब ३० करोड रुपैयाँको मात्रै नाफा ग-यो । 

 

11. सुन तोलामा ५९ हजार ६ सयमा कारोबार :   नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ५९ हजार ६ सयमा कारोबार भइरहेको छ ।मंगलवार तोलामा ५९ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको भाउ बुधवार घटेर तोलामा ५९ हजार ६ सयमा कारोबार भइरहेको हो । 

 

 

12. जेठसम्ममा खुल्नेभयो तातोपानी नाका :  वि सं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ । आगामी जेठ तेस्रो साता सम्ममा नाका खुलाउने कार्यक्रमअनुसार अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

 

13. दुर्घटनामा नेकपाका ४ नेता घाइते  :  अर्घाखाँचीमा भएको सवारी दुर्घटनामा नेपाल कम्युनिष्ट पार्टी  नेकपा०दाङका चार नेता घाइते भएका छन् । घाइतेहरुमा लक्ष्मण शर्मा,  शिवकुमार आचार्य, मनोहर बुढाथोकी र शिवानन्द डाँगी रहेका छन्। 

14. सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, नेपाली मिडियाका लागि प्रतिकूल वर्ष –  विगत एक वर्ष   सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष ९मे २०१८ देखि अप्रिल २०१९ सम्म० १ सय ४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १ सय ५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् ।

 

15. स्वास्थ्यमा समस्या देखिएपछि स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी :  राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । चीनको नौ दिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी स्वास्थ्यमा समस्या आएपछि बुधवार बिहान स्वदेश फर्किएकी हुन् । 

 

16. त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ ३ सय भित्र :   त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको ¥याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो ।

 

17.  (#smile ) श्रीमान् श्रीमती मिलेर बनाए यस्तो साम्राज्य  जुम ब्युटी  :  कृशप त्वानाबासु र जुनु चक्रधर एक अर्काका लाइफ पार्टनर मात्र नभएर बिज्नेस पार्टनर पनि हुन् । यस पार्टनरसिपले जन्माएको साम्राज्य हो जुम ब्युटी एकाडेमी विथ मेकअप स्टुडियो ।नेपालमा सौन्दर्य क्षेत्रलाई अन्य क्षेत्रसरह सम्मानित र व्यवस्थित बनाउने उद्देश्यका साथ त्वानाबासु दम्पत्तिले २३ वर्ष अघि यस एकाडेमीको स्थापना गरेका थिए ।

18. परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण  :  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलवार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गरे ।

 

हेटौँडाबाट लागूऔषधसहित मालिक पक्राउ  :   प्रहरीले हेटौँडाको नारायणगढ सडकखण्डस्थित लेवटबाटबाट अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले उनको साथबाट ३० हजार रुपैयाँ नगद समेत बरामाद गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?