नुवाकोटको लिखुमा मोतियाबिन्दुको अपरेशनसहितको निःशुल्क आँखाशिविर

नुवाकोट– नुवाकोटको लिखु गाउँपालिकामा मंगलबारदेखि ३ दिने पालिकास्तरीय निःशुल्क आँखा शिविर सुरु भएको छ ।

लिखु गाउँपालिकाको आयोजना र लायन्स क्लब अफ काठमाडौं कञ्चनजङ्गा, लायन्स क्लब अफ मकालु ब्रक्ली, लायन्स क्लब सान्तरोजाको सहयोग तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालित मोतियाबिन्दुको अपरेशनसहितको बृहत निःशुल्क आँखा शिविर सुरु भएकाे हाे ।
शिविरकाे उद्घाट्न  काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरशिंह केसीले गरेका हुन् ।

लिखु गाउँपालिका–४ चौघडामा सञ्चालन भएको शिबिर उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै केसीले स्वास्थ्य जनताको घरदैलोसम्म जन पहुँचमा पुर्याउन सरकारी तहबाट ध्यान दिनुपर्ने कुरामा जोड दिँदै नितिगत निर्णयले मात्र जनपहुँचमा नपुग्ने भन्दै व्यवहारिक रुपमा स्थानीय तहसम्म पुर्याउन सरकारी अनुगमन र व्यवहारिक कार्यान्वयन आजको आवश्यकता रहेको बताए ।

सो कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापति जगदीश्वर नरशिंह केसी, गाउँपालिका प्रमुख ध्रुब श्रेष्ठ, विद्यार्थी नेता सशील भट्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?