९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर–अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौँदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन् । त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो ।
पूर्व र बहालवाला सांसदहरूबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो । परवानीपुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रमण गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन् । खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ । खातुनको परिवार अहिले यही घरमा बस्दै आएको छ ।
यस्तै, प्रदेश–२ कि बहालवाला सांसद सीता गुरुङले पनि अमलेखगन्जमा रेलको संरचना अतिक्रमण गरेर घर बनाएकी छिन् । कर्मचारीका लागि बनाइएको भवन भएकै ठाउँमा जग्गा अतिक्रमण गरेर घर बनाएकी हुन् । अमलेखगन्जमा तत्कालीन समयमा बनाइएको कर्मचारीको भवन र वाल भत्किएपछि सोही ठाउँमा मिचेर गुरुङले घर बनाएको अख्तियार स्रोतले जनायो । अख्तियारले अतिक्रमित जग्गाको विस्तृत विवरण लिइसकेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया