२ रुपैयाँ हाल्नुस्, प्याड खस्छ

तनहुँ — स्कुल र कलेज अध्ययनरत छात्रालाई महिनावारीका बेला निकै अप्ठ्यारो र समस्या झेल्नुपर्ने हुन्छ । धेरैले नियमित पढाइ नै छुटाउँछन् । यहाँसम्म कि ४/५ दिन घरमै बस्नुपर्ने अवस्थासमेत आउने गरेको आदिकवि भानुभक्त क्याम्पसकी बीआईसीटीमा अध्ययनरत छात्रा अस्मिता अधिकारी बताउँछिन् ।

भन्छिन्, ‘स्कुल होस् वा क्याम्पसमा पढिरहेका बेला महिनावारी भइहाल्यो भने बीचमै छाडेर हिँड्नुपर्ने अवस्था छ ।’ अचानक महिनावारी भइहाल्यो भने सेनेटरी प्याड सहज रूपमा नपाइनाले छात्राले बीचमै पढाइ छाड्छन् । महिनावारी भएका ३/४ दिन नियमित पढाइनै छुटाउँछन् ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?