नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामालाई निलम्बन गरेको छ ।
नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले क्याप्टेन लामासँग स्पष्टिकरण मागेको थियो ।
लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गरेको हो।
लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण सोधेको थियो।
लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्। _तस्वीर गुगलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया