जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

बर्दिया ।  बर्दियामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । 

बाँसगढी नगरपालिका ७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका १ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । 

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?