रौतहट । गौर नगरपालिका ५ मा शंकास्पद वस्तु फेला परेको छ ।
शनिवार बिहानै नगरपालिकाको कलाकुञ्ज पुस्तकालय अगाडि कालोप्लास्टिकमा शंकास्पद वस्तु भेटिएको हो ।
प्रहारीका अनुसार उक्त शंकास्पद वस्तु बम भएको आशंका गरिए छ । प्रहरीले अहिले बमको आशंकामा उक्त वस्तुलाई घेरा हालेर राखेको छ ।
शंकास्पद वस्तु निष्क्रिय पार्न प्रहरीले सेनालाई खबर गरेको छ ।
रौतहट प्रहरीका अनुसार सेनाको बम डिस्पोजल टोली त्यसतर्फ जाँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया